२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

दाङ-२ मा रेखा शर्माकाे अग्रता कायमै

७ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् ।

एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०९:४६