२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने उपसचिवसहित आठविरुद्ध आरोपपत्र दायर

६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृतसहित आठ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा कायम गराई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंले नेपाल सरकारको नाममा कायम जग्गा व्यक्तिको नाममा दर्ता गरि भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा आयोगले अनुसन्धान गर्दा सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका साविक वडा नम्बर १६ कित्ता नम्बर १३९९ क्षेत्रफल ९१.३१ वर्गमिटर जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरेको आरोप छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:०५