४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

५ मसिर, काठमाडाैँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन । गुरुङले उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गरे ।

कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गरे भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गरे । कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुन ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गर्नुभएको छ भने १९ मत बदर भएको छ । त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध हुनुभएको थियो ।-

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २३:५१