अव ग्लोबल आईएमई बैंकका ग्राहकले न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने
१ असाेज, काठमाडौँ । अव ग्लोबल आईएमई बैंकका ग्राहकले न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् । न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल विराटनगर र ग्लोबल आइएमई बैंक लिमिटेडबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै बैँकका ग्राहकहरूले साे सुविधा पाउने भएका हुन् ।
सम्भौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आईएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशीशेखर शर्माले हस्ताक्षर गरेका हुन् । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजना ल्याइरहेको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ३७ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय २ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ११:५६