१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

ओएनएफ तास्मानियाको अगुवाईमा मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

प्रवासी नेपाली मञ्च तास्मानियाको अगुवाइमा दुईदिने मेन्टल हेल्थ फस्ट एडको तालिम सम्पन्न भएको छ । अष्ट्रेलियामा भर्खरै अध्ययनका लागि आएका युवाहरुलाई लक्षित गरि मानसिक स्वास्थ्य सम्बन्धि जानकारी दिने उद्देश्यले आयोजित तालिममा मानसिक स्वास्थ्यका विज्ञ भरत नेपाल र प्रतिष्ठा गौतमले सहभागीहरुलाइ तालिम प्रदान गरेका थिए ।

मञ्चका तास्मानिया अध्यक्ष मुगेन गौतमले नेपाली समुदायका युवाहरुमा बढ्दो मानसिक समस्यालाई ध्यानमा राखि तालिम प्राप्त फस्ट एडरहरु उत्पादन गर्न तालिम आयोजना गरिएको बताए | तास्मानियाको लञ्चेस्टनमा नेपाली समुदाय बिच पहिलो पटक भएको तालिममा २० जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रम मञ्च सहित अष्ट्रेलिया नेपाल पव्लिक लिङ्क, फाउन्डेसन अफ प्राइडको आयोजनामा र सक्सेस एजुकेशन एण्ड सर्भिसेज, पेनि रोयल कलेजको सहयोगमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १५:५९