१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भोजपुरमा प्रचण्ड सहभागी हुने चु्नावीसभा नजिकै बम बिस्फोट

३० कार्तिक, भोजपुर । भोजपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने चुनावीसभा नजिकै बम बिस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा हुन लागेको चुनावीसभा नजिकै बम बिस्फोट भएको हो । बिस्फोटको क्षतिका बारेमा सुरक्षा निकायले केही जानकारी दिएको छैन । स्थानीय मेनन राईले बिस्फोटस्थल सुरक्षाकर्मीको नियन्त्रणमा रहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले विस्फोटपछि चुनावीसभा हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १५:१८