१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पिँढीमा पढिरहेकी बालिका र उनको आमाको हत्या गरेर भागेका नुवाकोटका पुस्कल तामाङ पक्राउ

२९ कार्तिक, काठमाडाैं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ । घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ ।

बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार आमा छोरी दुवैको गर्धनमा खुर्पा प्रहार गरेर हत्या गरिएको थियो । आमाको लाश घरको आँगनमा र छोरीको घरको मूल ढोका अगाडी घुडाँ मारेर बसेको अवस्थामा रहेको थियो । छोरीको अगाडी किताब पढ्न बसेको अवस्थामा घटना घटेको जस्तो देखिएको स्थानीय गोकर्ण गुरागाईले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०९:२३