सुर्या लाईफको साधारणसभा आज, लगानीकर्ताकाे हात खालि
२८ कार्तिक, काठमाडाैं । सुर्या लाईफ कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आज होटल हैरिसन प्यालेस बिराटनगरमा सुरु हुँदैछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरलाई कुनै लाभांश घोषणा गरेको छैन । याे हिसाबले याे बर्ष सेयरधनीकाे हात खालि हुने भएकाे हाे ।
सभाले ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावपारित गर्नेछ । मर्जरका लागि कायम भएको १ः८२४५ को स्वाप रेसियोलाई पनि सभाले पारित गर्नेछ । ज्योतीलाईफको १०० कित्ता सेयर हुने सेयरधनीहरुले मर्जर पछि बन्ने कम्पनीको ८२.४५ कित्ता सेयर पाँउनेछन् । मर्जर पछि बन्ने कम्पनीको नाम सूर्यज्योती लाईफ इन्स्यारेन्स हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । कम्पनीको सेयर कारोबार गत असार १३ गतेदेखि रोक्का रहेकाले त्यसअघि कायम सबै सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०९:२०