९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

युनाइटेड इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस कति ?

२७ कार्तिक, काठमाडाैं ।  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको कार्तिक २५ गते शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १०:३५