६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

गरिमा विकास बैंकले घोषणा गर्याे लाभांश

२५ कार्तिक, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरि कुल १४.५० लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १०:३५