बुधबार ४ लघुवित्तले सार्वजनिक गरे वित्तीय विवरण, कुनकाे नाफा कति ?
२३ कार्तिक, काठमाडाैं । बुधबार ३ वटा लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।
वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा नेष्डो समृद्ध लघुवित्त, आशा लघुवित्त गुराँस लघुवित्त र आरम्भ चौतारी लघुवित्त रहेका छन् ।
१) नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको गरेकाे वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ११.३० प्रतिशतले बढेको छ। पहिलो त्रैमासमा संस्थाले ९ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
चुक्तापुँजी २५ करोड ५० रुपैयाँ संस्थाको रिजर्भको आकार ३१.१० प्रतिशतले बढेर ६३ करोड ७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४८ करोड ११ लाख रुपैयाँमा सीमित थियो। समिक्षा अवधिमा कम्पनीकाे वार्षिकीकृत ईपीएस ८८.५६ रुपैयाँ, पीई रेसियो ३१.६१ गुणा र प्रतिसेयर नेटवर्थ ३४७.३५ रुपैयाँ रहेको छ।
२) आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्तको खुद नाफामा गिरावट आएको छ । समीक्षा अवधिमा संस्थाले ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५५.०५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६५.९१ प्रतिशतले घटेको छ। पहिलो त्रैमासमा संस्थाले ६ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९ करोड २० लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि २६.३४ प्रतिशतले ओरालो लागेको छ।
३) आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६३.७५ प्रतिशतले कम हो। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६३.६९ प्रतिशतले घटेको छ।
४) गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेको छ ।
प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ११:०१












