६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

तपाईकाे खातामा आयो त १२.५० प्रतिशत लाभांश ?

२२ कार्तिक, काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।

बैंककाे हिजाे (कात्तिक २१ गते, सोमबार) सम्पन्न भएकाे बाईसौँ वार्षिक साधारण सभाबाट पारित भएकाे गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको करसहित १२.५० प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएकाे हाे ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १३:२४