बीमा समिति आजदेखि बीमा प्राधिकरणमा परिणत
२२ कार्तिक, काठमाडौं । बीमा समिति आजदेखि ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ । आज कार्तिक २२ गते मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले उदघाटन गरेका हुन् । अब बीमकको लाइसेन्स दिने तथा खारेज गर्ने सम्पूर्ण अधिकार प्राधिकरणको हुनेछ ।
बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समिति आजदेखि प्राधिकरणमा परिणत भएको हो । नयाँ ऐन अनुसार अब बीमा समितिबाट रुपान्तरण भएर नेपाल बीमा प्राधिकरण भएको हो ।
बीमा ऐन २०४९ लाई संसोधन गर्न बनेको नयाँ कानुन अर्थात् बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित भएको छ । बीमा ऐन राष्ट्रपति विद्यादेवी भण्डारी गत असोज २३ गते प्रमाणीकरण गरेकी हुन् ।
प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १२:०९