९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

अजोड इन्स्योरेन्सले बाेलायाे विशेष साधारणसभा, सेयर संरचना परिवर्तनसँगै यस्ता छन् प्रस्तावहरु

२१ कार्तिक, काठमाडाैं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा मंसिर ९ गते लैनचौर बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अजोड इन्स्योरेन्स कम्पनी प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्ने छ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकूल पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक–आपसमा गाभ्न, गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त निर्जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने एवं सञ्चालक समितिसमक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यका लागि मर्जर अध्ययन कमिटी गठन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

एक आपसमा गान/गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मल्याइन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (DDA) गर्न, आवश्यकता अनुसार बीमाडीय मूल्याइनका लागि परामर्शदाता, मूल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्न तथा कम्पनी एक आपसमा गाभ्न/गाभिनसंग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्न/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि मंसिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १०:३४