१८ अर्ब १० कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?
२० कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १८ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि कार्तिक २१ गते सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने अवधिकाे लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले २८ दिनकाे अवधिका लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएकाे छ । उक्त ट्रेजरी बिल मंसिर २० गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ७ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

उक्त ट्रेजरी बिल माघ २४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल वैशाख २६ गते परिपक्क हुनेछ ।
याे ट्रेजरी बिल भाेलि (कार्तिक २१ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर पर्सी कार्तिक २२ गते, मंगलबार बिक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १७:११












