५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

सिवाईसी नेपाल लघुवित्तको नाफा ४४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

२० कार्तिक, काठमाडाैं । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेकाे वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा कम्पनीकाे नाफामा गिरावट आएको छ ।

लघुवित्तले प्रकाशित गरेकाे उक्त विवरण अनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.७२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा संस्थाको सञ्चालन मुनाफा पनि ५.५५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर २ करोड ४२ लाख रुपैयाँ भएको छ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ३६.०९ प्रतिशतले बढेर ६ करोड ४ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।संस्थाको ब्याज आम्दानी ३६ प्रतिशतले बढ्दा पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घटेका कारण संस्थाको नाफा प्रभावित भएको हो ।

संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३४.११ गुणा रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार ०९:२९