१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मृत्यु

१८ कार्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बिहीबार बेलुकी काठमाडौंको हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

२०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी सुब्बाले यसअघि इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १२:४२