१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजा

१८ कार्तिक,  मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी छिन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेकाे प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति मुस्ताङ जानुभएकाे हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ११:५१