१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अरुण काबेलीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

१७ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीकाे १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६२ रूपैयाँ ७३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले यसअघिको अन्तिम कारोबार मूल्य ३ सय ९९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यकै आधारमा आइतबार कारोबार खुल्नेछ ।

अरुण काबेली पावरले लाभांश पारित गर्न कार्तिक ३० गते बुधवार  साधारण सभा बाेलाएकाे छ । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १६:५३