१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

लाभांश पारित गर्न नेशनल लाईफले बाेलायाे साधारण सभा, बुकक्लाेज कहिले ?

१७ कार्तिक, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कार्तिक १६ गते बुधबार बसेकाे कम्पनीकाे संचालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ३४ औँ वार्षिक साधारण सभा मंसिर १८ गते नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ८ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हसन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १२:४२