सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने
१७ कार्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंककले आज कार्तिक १७ गते बिहीबार देखि संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हाे । उक्त संस्थापक सेयर जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।
बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई सेयर बिक्री खुला गरेकाे थियाे । तर संस्थापक सेयरधनीहरूबाट सेयर खरिदकाे लागि कुनै पनि आवेदन नपरेकाे हुनाले बैंकले उक्त सेयर सर्वसाधारणहरूका लागि बिक्री खुला गरेकाे छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १०:४६












