नुवाकोटको तादी गाउँपालिकाका तीन किशोरी १० दिनदेखि वेपत्ता, वेचिएको अाशंका
३० भदाै, नुवाकोट । नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी बेचिएको अाशंका गरिएको छ । उनीहरू हराएको १० दिन बित्दा समेत कुनै पत्ताे नभएपछि बेचिएकाे हो कि भन्ने अाशंका गरिएको छ ।श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका उनीहरू वेपत्ता भएपछि उनीहरू तनावमा परेका छन ।
प्रहरीका अनुसार हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेकी छिन । शर्मिलाका बुवा सेम्बरबहादुर तामाङले इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएर बेपत्ता भएकाको खोजी गरिदिन आग्रह गरेको छ । उनीहरू पहिलो पटक गाउँबाट बाहिर निस्किएका थिए ।
नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जिल्लासँग जोडिएका सबै नाकामा उनीहरुको खोजी भइरहेको बताए । तीन किशोरीले बोक्ने गरेको मोबाइलको ‘कल डिटेल’ लिने क्रममा रहेकाले त्यसपछि पहिचानका लागी केही सहज हुने उनले दैनिकीसँग बताए । हराएका किशोरीहरूको मोबाइल स्वीच अफ भएपछिमात्र परिवार प्रहरीकोमा अाएका कारण खोजीमा केही समस्या भएको कुँवरले बताए ।
यद्यपी प्रहरीले अाफ्ना सम्पूर्ण शक्ति प्रयोग गरेर खोजी सुरू गरेको छ । गाउँबाट पहिलोपटक मेला झरेको र त्यस क्षेत्रमा चेलीबेटी बेच्नेहरूको समूह समेत सक्रिए रहेका कारण ललाइफकार्इ किशोरीहरू वेचिएकी भन्ने अाशंका स्थानीयले गरेका छन ।
प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १०:३०