१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

छुट्ला है ? २ लाख ५० हजार कित्ता आइपीओमा शुक्रबारसम्म आवेदन दिन सकिने

१६ कार्तिक, काठमाडौं । बाराही हाइड्रोपावरको आइपीओमा कार्तिक १८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकाे आइपीओमा शुक्रबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटोमा कार्तिक १८ गते र ढिलोमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १२:१३