४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शौर्य सिमेन्टले ल्यायो शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर

१६ कार्तिक, काठमाडाैं । शौर्य सिमेन्टले देशव्यापीरूपमा शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर लिएर आएको छ। कार्तिक १५ गतेदेखि पुस ३० गतेसम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोरा शौर्य सिमेन्टको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने रु ५०० देखि रु १०,०००सम्मको कुपन scratch गरी नगद प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा, एकभन्दा बढी कुपन प्राप्त गर्दा,शून्य अंक  उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकमपछाडि शून्य थप गरी रु १लाखसम्म नगद प्राप्त गर्न सक्नेछन्।

यद्यपि सयौं संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ। साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिनेछ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी ,पि.एस्.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ। अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी THE BEST सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ११:५०