सानिमा ग्रोथ फण्ड आजदेखि बिक्री खुला
१६ कार्तिक, काठमाडाैं । सानिमा क्यापिटल लिमिटेडले आज कार्तिक १६ गतेदेखि ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।
कोष प्रवर्द्ध सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको हो।
कुल इकाइमध्ये १ करोड ५६ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १३ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशतले हुन आउने २४ लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा कार्तिक २० गतेसम्म र ढिलोमा कार्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ११:३४












