सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
१६ कार्तिक, काठमाडाैं । सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेकाे ५१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएकाे छ । उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।
बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकाे थियाे । तर उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले उक्त सेयर इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको बैंकले जनाएकाे छ ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, नारायणचौर, नक्साल काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ०९:३७












