९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँडकाे मिति तय, सेयर पाउन भाग्यकै भर

१५ कार्तिक, काठमाडाैं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँडकाे मिति तय भएकाे छ । असाेज २८ गतेदेखि कार्तिक २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर आईपीओकाे बाँडफाँड कार्तिक १८ गते हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड शुक्रबार हुने तय भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ कराेड १८ लाख ४७ हजार रूपैयाँ बराबरकाे एक कराेड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे हुनाले १० कित्ता सेयर पाउन पनि भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १६:३३