एमालेको चुनावी घोषणापत्र: ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ३ लाख पुर्याइने
१५ कार्तिक, काठमाडाैं । नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यति होटलमा मंगलबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले अबको २ वर्षमा सबैंको बैंक खाता हुने बताएका छन् ।
साथै, आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने, न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुराउने र ५ वर्षमा सबैं वयस्क ब्यक्तिलाई कुनै न कुनै बैंक सहकारी लघुवित्त लगायतका वित्तीय कारोबारमा जोड्ने घोषण पत्रमा उल्लेख छ ।

एमालेले आगामी ५ वर्षमा जिडिपीको आकार १00 खर्ब पुर्याउने जनाएको छ । यो अवधिमा कृषिको व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने जनाएको छ ।
यस्तै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बार्षिक २५ लाख पुर्याइने उक्त घाेषणा पत्रमा उल्लेख छ । यस्तै ५ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ लाख अर्थात २४ सय अमेरिकी डलर पुर्याउने घोषणापत्रमा उल्लेख छ ।
प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १४:५९












