४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा एक कम्पनीकाे सेयर मूल्य समायोजन

१५ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ । सोमबार नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य नेप्सेमा समायोजन गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोसँगै मूल्य समायोजन भएको हो  ।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ .३६६ प्रतिशत बोनस सेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो । नेप्सेले पछिल्लो कारोबारको अन्तिम सेयर मूल्य १८४ को आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य १७८ .०१ तोकेको छ ।

हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन्  । मर्जर प्रक्रियामा रहेको बैंकको सेयर कारोबार असोज ११ गतेदेखि रोक्का छ । कार्तिक १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार ०९:४६