४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घाेषणा गर्याे लाभांश, नगद कति ?

१४ कार्तिक, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

आज बसेको बैंककाे संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन ।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १४:३४