९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

बरुण हाइड्रोपावरको ३ लाख ५५ हजार कित्ता सेयर बिक्रीमा, कति दिने आवेदन ?

१४ कार्तिक, काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर आज कात्तिक १४ गतेबाट लिलामीमार्फत बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणतर्फबाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले उक्त हकप्रद सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयर लिलाम प्रकियाको लागि आरविवि मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।

लिलामीको सेयरमा आरविवि मर्चेन्ट बैंकिंङको कार्यालय टेकु र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु  विरगञ्ज-पर्सा, जनकपुर-धनुषा, नारायणगढ-चितवन, बाग्लुङ्ग बजार-बाग्लुङ्ग, बुटवल-रुपन्देही, नेपालगञ्ज-बाँके, वीरेन्द्रनगर-सुर्खेत, धनगढी-कैलाली, विर्तामोड-झापा, हेटौडा-मकवानपुर, तुल्सीपुर-दाङ्ग, महेन्द्रनगर-कञ्चनपुर, विराटनगर-मोरङ र क्षेत्रीय कार्यालय-पोखराबाट आवेदन दिन सकिने छ ।बोलपत्र आउँदो कात्तिक २१ गतेसम्म पेस गरिसक्नुपर्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ०९:२१