४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

१६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१३ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएकाे छ । राष्ट्र बैंकले कार्तिक १५ गतेदेखि १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हाे । राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने छ । उक्त ट्रेजरी बिलकाे भोलि बोलकबोल हुने भएकाे छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल माघ १७ गते परिपक्व हुने छ । राष्ट्र बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० वैशाख १९ गते परिपक्व हुने छ ।

त्यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। जुन २०८० कात्तिक १४ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०९:५९