९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

बाराही हाइड्रोपावरको आइपीओमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

११ कार्तिक, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढीलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहनेछ ।

यो आइपीओमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १३:३०