सिद्धार्थ बैंकको नाफा ४६.४८%ले घट्यो, प्रतिसेयर आम्दानी कति ?
९ कात्तिक, काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे विवरण अनुसार समीक्षा अवधिमा बैंकले ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।
याे अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंककाे वितरणयोग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँमा रहेकाे थियो।
पहिलो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ७२ करोड ८ लाख रुपैयाँ कमाएकाे छ। अघिल्लो वर्ष बैंकले सञ्चालन मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंककाे सञ्चालन मुनाफा ४६.८६ प्रतिशतले घटेको छ।

याे अवधिमा बैंकले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंककाे खुद ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँमा रहेकाे थियो। समीक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी २१.६२ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ५.११ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष ८ अर्ब २ करोड रुपैयाँ रहेको थियो। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.६१ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २९.४१ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ १७७.१५ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार १४:४६












