१ चैत्र २०८२, आईतवार | Mon Mar 16 2026

त्रिविले सार्वजनिक गर्यो बिएस्सी प्रथम वर्षको नतिजा

८ कार्तिक, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बिएस्सी प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ। त्रिभुवनले करिब दुई वर्षपछि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बिएस्सी प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे ।

त्रिविले एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा लिएको प्रथम वर्ष २०७९ को नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

त्रिविले नतिजा प्रकाशित गर्दा स्थगन अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पसमा प्रवेश पत्र प्रमाणिकरणा गरि सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १३:४५