स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?
८ कार्तिक, काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे पहिलो त्रैमासको विवरण अनुसार समीक्षा अवधिमा बैंकले ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन अघिल्लो वर्षको साेही अवधिको तुलनामा ६८.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष साेही अवधिमा बैंककाे वितरणयोग्य मुनाफा ३१ करोड ४१ लाख रुपैयाँमा सीमित रहेकाे थियो।
याे अवधिमा बैंकले संचालन मुनाफाबाट १ अर्ब १६ करोड रुपैयाँ कमाएकाे छ। अघिल्लो वर्ष बैंकले ६८ करोड ८७ लाख रुपैयाँ संचालन मुनाफाबाट गरेकाे थियाे । अघिल्लाे बर्षकाे तुलनामा समीक्षा अवधिमा बैंककाे सञ्चालन मुनाफा ६९.२० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। पहिलो त्रैमासमा बैंकले १ खर्ब रुपैयाँ बढी निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
चुक्तापुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १०.६७ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड रुपैयाँमा पुगेको छ। याे अवधिमा बैंकको खराब कर्जाको अनुपात बढेर ०.७७ प्रतिशत पुगेको छ। सीडी रेसियो ८३.९८ प्रतिशत रहेको बैंकको आधारदर ९.२६ प्रतिशत रहेकाे छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी ५३.१२ प्रतिशतले बढेर ३४.४२ रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ईपीएस २२.४८ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १३:२५












