५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

वाणिज्य बैंकहरुको नाफा ५.९४ प्रतिशतले बढ्यो, कुन बैंककाे कति ? (विवरणसहित)

८ कार्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । सोमबार २६ वटा बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा बैंकहरुले १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आर्थिक बर्षकाे असोज मसान्तसम्ममा ६ वटा बैंकहरुको अर्ब बढी नाफा गरेका छन् ।

साे अवधिमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको नाफा कमाएकाे छ । बैंकले चालु आर्थिक बर्षकाे पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे छ । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.७९ प्रतिशतले बढी हो ।

यस्तै, साे अवधिमा सबैभन्दा बढी नाफा कमाउने दाेस्रोमा नबिल बैंक रहेको छ । बैंकले याे अविधमा १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ ।

त्यसैगरि राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २४ करोड ६६ लाख ७८ हजार, ग्लोबल आइएमई बैंकको १ अर्ब १८ करोड ९५ लाख ४५ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब १४ करोड ५ लाख ९७ हजार, कुमारी बैंकको १ अर्ब १४ लाख ५९ हजार नाफा कमाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार ११:२३