५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

मर्जर प्रक्रियामा रहेको मेगा बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

७ कार्तिक, काठमाडाैं ।  मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हाे ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा बैंकको नाफा घटेको हो ।

बैंकले समीक्षा अवधिमा ५० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.३३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४९ करोड ८३ लाख रुपैयाँमा सीमित थियो।

याे अवधिमा बैंकले सञ्चालन मुनाफाबापत ७० करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ४५.९९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ८०२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ३ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी १८.६० प्रतिशतले बढेको छ।

चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १.७० प्रतिशतले घटेर ४ अर्ब ६१ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष ४ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २४.२४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको यो अवधिमा घटेर १२.४० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ११:३०