४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांस, बोनस र नगद कति ?

७ कार्तिक, काठमाडाैं । ग्लोबल आइएमई बैंकले लाभांस घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांस घोषणा गरेको हाे ।

बैंकले आफ्ना सेयरधनीहरूका लागि १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले  नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांस (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) गरि नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांस सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ०९:२३