९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अरूण काबेलीले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

६ कार्तिक, काठमाडाैं । अरूण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । आज कार्तिक ६ गते, आइतबार बसेकाे  कम्पनीको  संचालक समितिको बैठकले  लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि कार्तिक १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जण (नेप्से ) मा कारोबार भएर कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १७:०८