४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सेयर बजार दोहोरो अंकले बढ्दा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

६ कार्तिक, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेकाे छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको छ । आज नेप्सेमा सुधार आएपनि काराेबारमा भने खासै सुधार देखिएको छैन ।

आज २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । सेयर बजार बढ्दा आइतबार एभरेष्ट बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर आज ५ करोड १६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार रुपैयाँ, नेपाल बैंकको ३ करोड २० लाख १८ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको संस्थापक शेयरको २ करोड २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १५:१५