१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सहमति पछि पनि राससका २२ पत्रकारले हाजिर गर्न पाएनन्

४ कात्तिक, कठामाडाैँ । राष्ट्रिय समाचार समिति (रासस)का पत्रकारले सहमति भए पनि हाजिर गर्नबाट रोकिएका छन । दरबन्दी नभएपछि रासस प्रशासनले हाजिर गराउन नमानेको हो । ज्यालादारी २२ पत्रकारले आन्दोलनपछि नेपाल पत्रकार महासंघका प्रतिनिधिको उपस्थितिमा जागिरमा निरन्तरता पाउने सहमति भएको थियो । तर प्रशासनले कुन दरबन्दीमा हाजिर गराउने भन्ने कुनै निश्चित नभएपछि काममा लगाए पनि हाजिर गराउन नमानेको हो ।

असोज ३१ गते भएको सहमति अनुसार गठित कार्यदलले जागिर गुमेका पत्रकारको व्यवस्थापन सम्बन्धी कार्यबिधिसहितको प्रतिवेदन बुझाएपछि मात्रै उनीहरूको नियुक्ति पक्रिया टुंगिने भएको छ । स्रोतका अनुसार गठन भएको चार दिन हुँदासम्म कार्यदलको बैठक बस्न सकेको छैन । व्यवस्थापनले भने लोकसेवा आयोगको बाटोभन्दा फरक हुने गरी जस्केलाबाट अब कुनै पनि पार्टीको कार्यकर्तालाइ जागिर नखुवाउने अडान लिँदै आएको छ । २२ मध्ये केही कर्मचारीले भने जागिर निरन्तरताको सुनिश्चितता नभएका कारण स्वच्चेछिक रूपमै रासस नफर्किने गरि विदा भएका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १९:५३