९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण

४ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकासित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन प्रकासित भएको थियो ।

काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ । पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुन के कसरी सम्प्रेषण भएको हो ?

यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ । पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १३:४४