१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सभामुखमा महरा निर्विरोध, ओपचारिक घोषणा भोली हुने

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखमा उनको मात्रै उम्मेदवारी परेकोले उनि निर्विरोध निर्वाचित भएका हुन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।

उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।
औपचारिक घोषणा भने भोलि शनिवार हुने बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार १३:४६