१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

प्रधानमन्त्री देउवाद्धारा सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

३० असाेज, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, निवर्तमान समाभुख अग्नी सापकोटा, संस्कृति पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगाएत ललितपुर महानगरपालिकामा पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै शुभेच्छुक लगाएत सर्वसाधारणले पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १४:११