१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

काठमाडौं महानगरद्धारा ठेलागाडा खोसिएकी शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

२८ असाेज, काठमाडाैं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले काठमाडौं महानगरपालिकाको ज्यादति भोगेकी शर्मिला तामाङलाई सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा सन्देश र फोटोसमेत पोष्ट गर्दै हर्कले आफ्नो एक महिनाको तलब सहयोग गर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी बैनी को हुन् ? यीनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’सडकमा व्यवसाय गरिरहेकी लमजुङकी शर्मिला तामाङलाई नगरप्रहरीले हटाएको थियो । छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् ।

कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ । त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् । बिहीवार काठमाडौं महानगरका सनकी नगर प्रहरीले लछारपछार गर्दै उनको ठेला खोसिदिएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार २०:२४