१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

धर्मेन्द्र झाले राससमा कार्यरत २२ पत्रकारको जागिर एकैपटक खोसे

२८ असोज, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने अध्यक्ष धर्मेन्द्र झाको निर्णय तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ र राससका अस्थायी/ करार/ ज्यालादारी पत्रकार संघर्ष समितिकाे सयुक्त आयाेजनामा श्रमजीवि पत्रकार निष्कासन गर्न लागिएकाे विरुद्वमा राससमा कार्यलयमा धर्ना दिइएको हो।

नेपाल पत्रकार महासंघका महासचिव राेशन पुरीले छिट्टै नै बैठक बसेर आन्दाेलनकाे नयां कार्यक्रम घाेषणा गरिने र निष्कर्षमा पुर्याउने बताए । उनले उक्त आन्दाेलनकाे अगुवाई महासंघले गर्ने समेत बताए । महासचिव पुरीले महासंघकाे पुर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजिवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल ती २२ जना पत्रकारकाे नविकरण गर्न माग गर्नु भयाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारिले महासंघकाे पुर्व अध्यक्ष व्यवस्थापन प्रमुख हुंदैमा आन्दोलनमा महासंघकाे साथ सहयाेग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारकाे राेजगारी खाेस्न नदिने बताए । महासंघका केन्द्रीय सदस्य अधिकारीले राससका श्रमजीवि पत्रकारको बिषयमा महासंघले अगुवाई गर्ने र समस्या समाधान नहुदासम्म निरन्तरता दिने भनाइ राखे । उनले दिर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुकाे विकल्प नरहेकाे बताए ।

समाजवादी प्रेस संगठन कार्यवहाक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारलाई व्यवस्थापन गरी न्याय दिनुपर्ने बताए । उनले राससका श्रमजिवि पत्रकारकाे समस्या अहिलेकाे मात्र नभएकाले विनियमावली संशोधन गरेर दिर्घकालिन समस्या समाधान गर्नुपर्ने बताए । उनले राजनितिक आस्थाका आधारमा श्रमजिवि पत्रकार हटाउन नमिल्ने बताए । प्रेस चाैतारी नेपालका महासचिव हिरामान लामाले श्रमजिवि पत्रकारलाई निस्कासन गरे प्रेस चाैतारिले शसक्त आन्दाेलन गर्ने बताए । उनले ती २२ जना पत्रकारलाई हटाईएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईको पदसम्म नजाेगिने चेतावनी दिदै यसो नगर्न आग्रह गरे ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखाेजि श्रमजिवि पत्रकारलाई निकाल्न खाेज्नु दुःखद भएकाले विकल्प खाेजेर समस्या समाधान खाेज्न आग्रह गरे । नेपाल प्रेस सेन्टरका उपाध्यक्ष विदुर खड्काले राससमा लामाे समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खाेजे कडा आन्दाेलन गर्ने चेतावनि दिए । समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउन खोजीए आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताए ।

श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराव राखेर व्यवस्थापन पक्षले श्रमजिवि पत्रकारलाई हटाउन खाेजेकाे भन्दै कुनै पनि हालतमा हटाउन नदिने बताए । संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति एक्यवद्वता जनाउदै समस्या समाधान गर्न आग्रह गरिन । रासस संघर्ष समितिका संयाेजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुदाहुदै नियत राखेर २० बर्षदेखि कार्यरत रहेका श्रमजिविलाई हटाउन खाेजेकाे भन्दै राेजगारि सुनुश्चितता नहुदासम्म आन्दाेलन जारि रहने बताए ।

प्रेस चाैतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटि ईन्चार्ज माेहन बास्ताेलाले पत्रकार महासंघका पुर्व अध्यक्षले नेतृत्व गरेकाे संस्थामा श्रमजिवि पत्रकारलाई हटाउन खाेज्नु लाजमर्दाे बिषय भएकाेले तत्काल ती पत्रकारकाे राेजगारि सुनिश्चतता गर्न माग गरे । दिउसाे १ बजेबाट ३ बजेसम्म नेपाल पत्रकार महासंघ अगुवाई प्रेस युनियन, प्रेस चाैतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघ लगायत पत्रकारका पेशागत संगठनकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १६:५०