१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मेरुदण्डको उपचारमा रहेका पत्रकार माधव पौडेललाई इन्जाले दियो ५० हजार

२८ असोज, काठमाडाैँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संन्जाल (इन्जा)ले उपचारत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका पौडेललाई इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन ।

शुक्रबार कपनस्थित पाैडेलकै निवास पुगेर आर्थिक सहयोग उपलब्ध गराईको इन्जा एसियाका अध्यक्ष पन्तले जानकारी दिए । विभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका संञ्चारकर्मीहरुलाई संस्थाले आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोवल अध्यक्ष गुणराज लुइटेलले बताएका छन ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १५:४६