१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

राष्ट्रिय खेलकुदका खेलाडीलाई शुभकामना दिँदै ओलीले भनेः रंगशाला आउन नपाए पनि खेल हेर्नेछु

२८ असाेज, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आजबाट औपचारिक रुपमा पोखरामा शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न रंगशाला आउन नपाएपनि शुभकामना दिँदै खेलाडीहरुका खेल हेर्ने बताएका छन् । उनले लेखेका छन् , ′खेलाडी साथीहरु ! नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सफलताको तपाईंहरु सबैलाई भब्य शुभकामना । पोखरा रंगशालामा आउन नपाए पनि तपाईंहरुको खेल म हेर्ने छु । ‘

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार ११:०६