५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पताल सर्जिकल भवनको शिलान्यास

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पताल सर्जिकल भवनको शिलान्यास गर्नुभएको छ ।

नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको ओलीले बताउनु भयो ।

नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् । साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

वीर अस्पतालले नेपालमै पहिलोपटक क्यान्सर रोगका लागि टेमोथेरापी उपकरण उपचार विधिमा ल्याउन लागेको सो अवसरमा जानकारी दिइयो । यसका लागि अस्पतालले रु ४० करोडमा उपकरण समेत खरिद गरिसकको बताइएको छ ।

तस्विर रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार १३:१६